नेकपाको नयाँ महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय

2 years ago

नेकपाको नयाँ महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको  बैठकले पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।  यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठकमा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुभएको छ ।

अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी बनाइएको ओलीले जानकारी दिनुभयो । रिक्त रहेका १९६ जना पछि थपिने बताइएको छ । उक्त कमिटीको बैठक पुष ९ गते बस्ने भएको छ । बैठकमा ओलीले आयोजक सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।