नेकपाको दुई समूहको छुट्टाछुट्टै कार्यकर्ता भेला

2 years ago

नेकपाको दुई समूहको छुट्टाछुट्टै कार्यकर्ता भेला

प्रचण्डको गृह जिल्ला चितवनमा नेकपाको  विभाजित दुई समूहले छुट्टाछुट्टै कार्यकर्ता  भेला गर्दै छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहले फरक ठाउँमा एउटै समयमा भेला आयोजना  गरेको छ ।

ओली समूहले भरतपुर १२ स्थित स्मार्ट बैङ्क्वेट एण्ड रिसोर्ट गोन्द्राङमा भेला आयोजना गरिएको छ । जहाँ गृहमन्त्री समेत रहेका ओली समूहका नेता रामबहादुर थापा ‘बादल’, नेताहरु शंकर पोखरेल, महेश बस्नेत, आनन्द पोखरेल र काशीनाथ अधिकारी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको  छ ।

नेता भीम रावल, योगेश भट्टराई, रामकुमारी झांक्री, नारायण दाहाल र रेणु दाहालले सम्बोधन गर्ने तय भएको छ । चितवन प्रचण्डको गृह जिल्ला भएकाले दुवै समूहले शक्ति प्रदर्शनको रुपमा लिएका छन् ।