दशैँमा बैंकहरु बन्द हुने भएपछि सेवाग्राहीको भीड

2 years ago

दशैँमा बैंकहरु बन्द हुने भएपछि सेवाग्राहीको भीड

यस वर्ष दशैँमा बैंकहरु बन्द हुने भएपछि बिहिबार सबै बैंकका शाखाहरुमा सेवाग्राहीको भीड लागेको छ ।

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले फुलपातीबाट आफ्ना शाखाहरु नखोल्ने निर्णय गरेपछि बिहिबार सम्पूर्ण बैंकका शाखाहरुमा सेवाग्राहीको भीड लागेको हो । सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द हुने बताइएको छ ।

गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहने भन्दै कुनै पनि बैंक नखोल्ने निर्णय गरेको हो । बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघले दशैँमा सीमित बैंकका शाखाहरु खोल्दा सेवाग्राहीको झनै भीड बढी हुन सक्ने भन्दै बन्द गर्ने निर्णय गरेको हो ।

हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको बताएका छन् ।