दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मन्त्रिमण्डल बिस्तार हुने उपेन्द्र यादवको भनाई

2 years ago

दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मन्त्रिमण्डल बिस्तार हुने  उपेन्द्र यादवको भनाई

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मन्त्रिमण्डल बिस्तार हुने बताउनुभएको छ । 

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चाकर्मीसंग कुरा गर्दै यादवले दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुन बित्तिकै मन्त्रिपरिषद विस्तार हुने र सरकारले पूर्णता पाउने बताउनुभएको हो ।

उहाँले दल विभाजन सम्बन्धी अध्यादेशले विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाँले मन्त्रालयको बाँडफाँडमा सहमति पनि नभएको बताउनुभयो ।

वर्तमान सरकार गठन भएको लामो समय हुदा पनि मन्त्रिपरिषद्ले पुर्णता पाउन नसक्दा गठबन्धन दलको आलोचना भइरहेको छ ।