दुई घण्टामै ८७ अंकले घट्यो नेप्से

2 years ago

दुई घण्टामै ८७ अंकले घट्यो नेप्से

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बजार नै राताम्मे देखिएको छ । कारोबार खुल्ला भएको २ घण्टा अर्थात १ बजेसम्म नेप्से परिसूचक ८७ अंकले घटेको छ ।

अघिल्लो साता दोस्रो बजारमा सूचीकृत भएर लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य मंगलबार १० प्रतिशतले घटेको छ भने सबैभन्दा धेरै घट्नेमा हाइड्रोपावर समूह देखिएको छ ।

यो समूहको सब इन्डेक्स ४ प्रतिशतले भन्दा धेरैले घट्दा बैंकिङ समूह करिब ३ प्रतिशतले घटेको छ ।नेप्सेमा कारोबार हुने अन्य सबै समूह ओरालो लागेका छन् ।