थप ३३१ जनामा कोरोना भाइरस संक्रमित

2 years ago

थप ३३१ जनामा कोरोना भाइरस संक्रमित

नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

थपिएका ३३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १५७८ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ । हालसम्म पिसिआर  बिधिबाट १,६९,१६२ परिक्षण र  आरडिटी बिधिबाट २ लाख ५२ हजार ३ सय परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।