थप १ को मृत्यु, ५९३ जनामा कोरोना भाइरस सक्रंमित

2 years ago

थप १ को मृत्यु, ५९३ जनामा कोरोना भाइरस सक्रंमित

नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका बिभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

थपिएका ५९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । त्यस्तै शुक्रबार थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका रसुवा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ ।

त्यस्तै कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । अन्दाजी २५–३० बर्षिय महिला दाङमा मृत फेला परेको र स्वाव परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । निजको नाम ठेगाना भने खुल्न नसकेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताउनुभयो । हालसम्म आइशोलेशनमा  ९ हजार ३० जना रहेका छन् ।