थप १२४६ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

2 years ago

थप १२४६ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

नेपालमा बिहीबार थप १२४६ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १२४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५०,४६५ पुगेको छ । बिहीबार काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै नेपालमा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।  बुधबार १८१८ जना डिष्चार्ज भएका छन् भने हालसम्म ३५७०० जना डिष्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

हाल सक्रिय संक्रमितको संख्या १४,८४८ जना रहेका छन् भने क्वारेन्टाइनमा ५८०६ जना छन् ।