थप १०३९ जनामा कोरोना पुष्टि, काठमाडौंमा थप ५९७ जनामा कोरोना

2 years ago

थप १०३९ जनामा कोरोना पुष्टि, काठमाडौंमा थप ५९७ जनामा कोरोना

नेपालमा आइतबार थप १०३९ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३६५ महिला र ६७४ पुरुष गरि थप १०३९ जनामा कोरोना पुष्टि भएको हो । आइतबार काठमाडौंमा थप ५९७ जनामा कोरोना पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १७८ महिला र ३०५ पुरुष गरि ४८३ जना, भक्तपुरमा २२ महिला र ५९ पुरुष गरि ८१ जना र ललितपुरमा १६ महिला र १७ पुरुष गरि ३३ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४१५९ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ३४५ जनाले ज्यान गुमाएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १५,११७ जना छन् । आइतबार ११७३ जना डिष्चार्ज भएका छन् भने  हालसम्म ३८, ६९७ जना निको भएर डिष्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल क्वारेन्टाइनमा ६५३६ जना रहेका छन् भने होम आइशोलेशनमा ७३८७ जना र संस्थागत आइशोलेशनमा ७७३० जना रहेका छन् । हालसम्म ८,४०,५२७ को कोरोना परिक्षण भएको मन्त्रालयले जनाएको छ ।