तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको व्यापार

2 years ago

तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको व्यापार

यस वर्षको तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको माला खरिद बिक्री भएको छ ।

अघिल्लो वर्षको तुलनामा मालाको कारोबारमा ३६ प्रतिशतले घटेपनि कोरोनामहामारीकै बीचमा पनि व्यवसायीले अपेक्षा गरेभन्दा निकै राम्रो कारोबार भएको नेपाल फ्लोरी कल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । तिहारमा ११ करोड ७० लाख रुपैयाँ बराबरको १३ लाख थान सयपत्रीको माला बिक्री भएको एशोसिएसनको जनाएको छ ।

सयपत्रीको माला औषत ९० रुपैयाँ प्रतिगोटामा बिक्री भएको थियो । यस्तै नेपाल भित्रै एक करोड ८० लाख रुपैयाँ बराबरको तीन लाखगोटा मखमलीको माला यस अवधिमा बिक्रि भएको जनाइएको छ । मखमलीको मालाको प्रतिगोटा औषत मूल्य ६० रुपैयाँमा रहेको थियो ।

त्यस्तै तिहारमा नेपालबाट ४५ लाख रुपैयाँ बराबरको एक लाख ५० हजार थाना मखमलीको माला निर्यात भएको पनि एशोसिएसनले जनाएको छ ।

यो तिहारमा सबैभन्दा धेरै मालाको कारोबार बागमति प्रदेशमा ८ करोड १० लाख रुपैयाँ बराबरकोका फूलको मालाको कारकोबार हुँदा कर्णाली प्रदेशमा सबै भन्दा कम ४० लाख ५० हजार रुपैयाँ बराबरको माला खरिद बिक्री भएको एशोसिएसनले जानएको छ ।