तोलामा ५ सयले घट्यो सुनको मुल्य

2 years ago

तोलामा ५ सयले घट्यो सुनको मुल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको सुरुवातमा बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।