तोलामा सात सयले घट्यो सुनको मूल्य

2 years ago

तोलामा सात सयले घट्यो सुनको मूल्य

सुनको भाउ ओरालो लाग्ने क्रममा छ। मङ्गलबार सुनको भाउ प्रतितोला सात सय रुपियाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २०० रुपियाँमा कारोबार हुने जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपियाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने सोमबारकै स्थिर रहेको छ । मङ्गलबार प्रतितोला एक हजार ३२० रुपियाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९०० रुपियाँ रहेको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९७ हजार चार सय रुपियाँ निर्धारण भएको थियो ।