तेलको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

2 years ago

तेलको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

पटक पटक तेलको मूल्य वृद्धि भएपछि मूल्य वृद्धि फिर्ता लिन यातायात व्यवसायीहरुले माग गरेको छन् ।

सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै यातायात व्यवसायीले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न माग गरेका छन् ।

सरकारले त्यसो गर्न नसके सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने व्यवसायीको भनाइ रहेको छ । सरकारले गएको पुस १६ गते, माघ ५ गते र हिजो बुधबार लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको थियो । मुल्य बढेपछि आफुहरु मारमा परेको व्यवसायिहरुले बताएका छन ।