तराई मधेसमा होली पर्व मनाइँदै

2 years ago

तराई मधेसमा होली पर्व मनाइँदै

रङ्गहरुको पर्व होली तराई तथा मधेसका जिल्लाहरूमा सोमवार हर्षोलासपूर्वक मनाईएको छ ।  सोमवार रुपन्देही, नवपरासी, कपिलबस्तु सहित तराईका अधिकांस जिल्लाहरुमा वैमानस्यता त्यागेर, आपसी सद्भाव सहित एक आपसमा रंग दलेर होली पर्व मनाइएको हो ।

छिमेकी देश भारतमा कोरोनाको संक्रमण फैलिएकाले नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै सरकारले सार्वजनिक स्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गरेर होली पर्व मनाउन आग्रह  गरेको छ ।

त्यसैले पनि गत वर्षहरुमा जस्तो होलीको रौनकता यसपाली देखिएको छैन । रुपन्देहीमा पनि आफन्त,छिमेकी र साथीभाई माझ सिमीत संख्यामा जम्मा भएर  होली खेलेको देखिएको  छ । त्यस्तै कोरोना भाइरसका कारणका होली कार्यक्रममा सहभागीहरु सबैले विगतका वर्षहरुमा जस्तो होली पर्व मनाउन नपाईएको बताए ।

होलीमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने,जबरजस्ती रंग लगाइदिनेहरुलाई कारबाही गर्ने र त्यस्ता उच्छृङ्खल गतिविधि रोक्न चोक चोकमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ  ।