तीन वर्षपछि जग्गा कित्ताकाटमा लगाईएको प्रतिबन्ध फुकुवा

2 years ago

तीन वर्षपछि जग्गा कित्ताकाटमा लगाईएको प्रतिबन्ध फुकुवा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन वर्षपछि जग्गा कित्ताकाटमा लगाईएको प्रतिबन्ध फुकुवा गरेको छ ।

२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट गर्न प्रतिबन्ध लगाईएको थियो । तेति बेला लगाईएको प्रतिबन्ध  भदौ १८ गतेको बैठकले फुकुवा गरेको हो ।

जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले तीन वर्ष पहिले गरेको निर्णयले जनता मारमा परेको थियो।

कित्ताकाट गरेबापत प्रतिआना १ लाख ५० हजार रुपैयाँसम्म नजराना बुझाउनु परेको गुनासो अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमा पुगेको छ ।