तीन देशसँग उडान सम्झौता गर्ने सरकारको तयारी

2 years ago

तीन देशसँग उडान सम्झौता गर्ने सरकारको तयारी

सरकारले  थप तीन देशसँग हवाई उडान सम्झौता गर्ने तयारी गरेको छ ।

आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले  इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौता गर्ने  प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । अहिलेसम्म नेपालले ४० देशसँग हवाई सम्झौता गरेको छ ।

बैठकले भदौ १६ गते देखि नियमित उडानमा वायु सेवा कम्पनीले कोभिड–१९ को महामारीपूर्व लिने हवाई भाडा दरभन्दा बढी नलिन सम्बन्धित वायु सेवा कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ ।

त्यस्तै स्वदेश फिर्ता हुने नेपालीलाई अनुगमन र सहजीकरण गर्न मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति पनि बनाइएको छ । समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा सदस्य रहेका छन ।