तीन दिनका लागि सबै बैंकका शाखा तथा काउण्टर खुल्ला

2 years ago

तीन दिनका लागि सबै बैंकका शाखा तथा काउण्टर खुल्ला

नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएसंगै बैंकहरुका शाखा खुल्ला भएका छन् ।

राजस्व संकलनका लागि मंगलबारदेखि विहीबारसम्म राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएपछि शाखाहरु खुलेका हुन् ।

राजस्व संकलन गर्ने एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत कतिपय जिल्लाका स्थानीय तहमा निषेधाज्ञा जारी रहेका कारण सिमित संख्यामा मात्रै बैंकका शाखाहरु सञ्चालनमा छन्।

व्यवसायीहरुले भने लामो समय बन्दाबन्दी रहेकाले अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने समयावधि बढाउन सरकारसँग माग गरेका छन् ।