तीनैवटा प्रतिबेदनमाथि छलफल गर्दै सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने निर्णय ; नेकपा एमाले

2 years ago

तीनैवटा प्रतिबेदनमाथि छलफल गर्दै सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने निर्णय ; नेकपा एमाले

नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टीको विधान अधिवेशनमा पेश गर्ने विधान संशोधन, संगठन र राजनीतिक प्रतिवेदनलाई सुझावसहित केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको छ । 

ललितपुरस्थीत तुलसीलालस्मृति प्रतिष्ठानमा सोमबार बसेको बैठकले तीनैवटा प्रतिबेदनमाथि छलफल गर्दै सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको हो । उक्त प्रतिवेदनहरु असोज ७ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । त्यस्तै केन्द्रीय कमिटी बैठकमा पनि उक्त प्रतिवेदनमाथि छलफल हुने र आवश्यक सुझावसहित अन्तिम रुप दिएर बिधान अधिवेशनमा पेश गरिने भट्टराईले बताउनुभयो । बिधान प्रतिवेदन ९ औ महाधिवेशनको निरन्तरता भएको र संघीय संरचना अनुसार केहि परिमार्जन गरिएको उहाले जानकारी दिनुभयो । बिधान संशोधनमा प्रतिवेशनमा तीन उपाध्यक्ष रहने व्यवस्था गरिएको र अध्यक्ष लगाएतका पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था रहेको पनि भट्टराईले बताउनुभयो ।

एमालेले असोजको १५ देखि १७ सम्म ललितपुरमा विधान महाधिवेशन बस्ने तय भएको छ ।