डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि

2 years ago

डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । आज गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ देखिएको हो ।

उनले आफूलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको बताएका छन् । उनले चिकित्सकको सल्लाहअनुसार आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकालाई आवश्यक सजगता अपनाउनसमेत आग्रह गरेका छन् ।

आज गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन । चिकित्सकहरूको सल्लाहअनुसार हाल म होम आइसोलेसनमा बसेको छु । मसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।