डेङ्गु र स्क्रब टाइफस त्रास

2 years ago

डेङ्गु र स्क्रब टाइफस त्रास

चितवनको जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । चितवनको मात्रै डेङ्गु सङ्क्रमितमध्ये १४९ र बाहिरी जिल्लाका ९४ जना रहेका छन् । डेङ्गुको सङ्क्रमण दर  गएको वर्षभन्दा यस वर्ष कम रहेको छ ।

गएको आर्थिक वर्षमा चार हजार ८०३ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । त्यसमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले बताएको छ ।  गएको वर्षमा रोकथामको काम प्रभावकारी भएकाले यस वर्ष कम सङ्क्रमित भेटिएका छन् ।

चितवन जिल्लामा गएको वर्ष नै डेङ्गुले महामारीको रुप लिएकाले यस वर्ष सङ्क्रमण दर कम भएको छ । यसैगरी हालसम्म जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण भेटिएको छ ।

तीमध्ये चितवनका मात्रै १४९ तथा जिल्ला बाहिरका १३७ जना छन् । स्क्रब टाइफसको पनि जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ । रोग गर्मी र वर्षाका समयमा देखिन्छ ।

किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र सो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेका ठाउँमा घाउ हुने, कमलपित्त हुने र पेट दुख्ने लक्षण देखिने कार्यालयले जनाएको छ ।