ट्रम्प कमजोर नेता हुन्: बाइडन

2 years ago

ट्रम्प कमजोर नेता हुन्: बाइडन

अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई ‘कमजोर र विषालु’ नेताको संज्ञा दिएका छन् । ट्रम्पले देशमा ‘हिंसा भड्काउने’ काम गरिरहेको आरोप पनि उनले लगाए ।

बीबीसीका अनुसार पेन्सिलभेनियामा भाषण गर्दै बाइडनले ट्रम्पको कार्यकालमा अमेरिकाले कैयौँ समस्याको सामना गर्नुपरेको र यस्ता समस्या घट्नुको साटो बढिरहेको बताए ।अमेरिकाका केही शहरमा जारी अशान्तिलाई लिएर ट्रम्प र बाइडनबीच भनाभन बढेको छ ।

ट्रम्पले ‘कानुन एवं व्यवस्था’लाई आफ्नो चुनाव प्रचार अभियानको मुख्य मुद्दा बनाएका छन् भने बाइडन यसै मुद्दाबाट ट्रम्पलाई घेर्ने प्रयासमा देखिन्छन् ।