टिचिङ अस्पतालमा २४ घण्टामा चार संक्रमितको मृत्यु

2 years ago

टिचिङ अस्पतालमा २४ घण्टामा चार संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण काठमाडौंको टिचिङ अस्पतालमा २४ घण्टा भित्र  चार जनाको मृत्यु भएको छ।

मृत्यु भएका मध्ये  काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना रहेको अस्पतालका कोभिड टिम सदस्य डा‍. सविन थपलियाले जानकारी गराएका छन । मृत्यु हुने  काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष छन् भने   सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको मृत्यु भएका छन ।

काठमाडौंका ५९ वर्षीय पुरुष गत भदौ १९ गते अस्पताल भर्ना भएका थिए उनको गए राति सवा ११ बजे मृत्यु भएको हो। त्यस्तै  अर्का ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अर्को  ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृत्यु भएको थियो भने सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको  शनिबार राति साढे १२ बजे मृत्यु भएको डा. थपलियाले जनाए।