जलवायु सम्बन्धी महत्वाकाङ्क्क्षा लागू गर्न सहज र पर्याप्त पहुँच अत्यावश्यक

2 years ago

जलवायु सम्बन्धी महत्वाकाङ्क्क्षा लागू गर्न सहज र पर्याप्त पहुँच अत्यावश्यक

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु सम्बन्धी महत्वाकाङ्क्क्षा लागू गर्न नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक भएको बताउनु भएको छ ।

चिली र इटालीसँगको साझेदारीमा फ्रान्स, संयुक्त अधिराज्य तथा संयुक्त राष्ट्रसङ्घले संयुक्त रूपमा आयोजना गरेको जलवायु महत्वाकाङ्क्क्षा सम्मेलनलाई पूर्व अभिलेखित ‘भिडियो’ बाट सम्बोधन गर्दै उहाँले पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानप्रति नेपालको दृढ समर्थन रहेको स्पष्ट गर्नुभयो ।

उहाँले हरित वृद्धि र हरित पुनरुत्थान प्रवद्र्धनका लागि स्वच्छ एवं नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिइएको, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवद्र्धनमा विशेष जोड दिइएको जानकारी दिनुभयो । उहाँले सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं तदनुकूल जलवायु वित्त रणनीति र मार्गचित्र बनाइने बताउनु भयो ।

पेरिस सम्झौता अनुमोदन भएको पाँचौँ वार्षिकोत्सवका अवसरमा भएको उक्त सम्मेलनलाई ७२ राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहित १११ जनाले सम्बोधन गर्नु भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।