जापानमा २४ घण्टामा १ हजार २६४ नयाँ संक्रमित थपिए

2 years ago

जापानमा २४ घण्टामा १ हजार २६४ नयाँ संक्रमित थपिए

जापानमा २४ घण्टामा कोरोना भाइरसका १ हजार २६४ जना नयाँ संक्रमित थपिएका छन् ।

गएको  दिन जापानमा ९८१  जना  कोरोना भाइरसका  संक्रमित थपिएका  थिए । जापानको राष्ट्रिय ब्रोडकास्टर एनएचकेका अनुसार जापानको टोकियोमा मात्र पछिल्लो २४ घण्टामा ३६७ नयाँ संक्रमित फेला परेका थिए ।

यो जापानको टोकियामा एकैदिनमा  भेटिएका सबैभन्दा धेरै नयाँ संक्रमितको संख्या हो। अहिलेसम्म जापानमा ३३ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने एक हजार एक जनाको मृत्यु भएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।

अहिलेसम्म जापानमा ३३ हजारभन्दा बढीमा कोरोना संक्रमित भईसकेका छन् भने १००१ जनाको मृत्यु भएको छ ।