जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको उच्च जोखिम

2 years ago

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको उच्च जोखिम

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको उच्च जोखिम रेहेको देखिएको छ ।

आईतबार धनुषाको सहिदनगर नगरपालिका डुमरियाका एक ३८ वर्षीय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएपछि, अस्पतालका इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनको लागि सिल गरिने भनिए पनि प्रादेशिक अस्पताल जनकपुरको दुबै वार्डमा लापरवाहीपूर्वक बिरामीहरुको उपचार भईरहेको पाइएको हो।

जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको बैठकले मृतक बिरामी भर्ना गरिएको इमर्जेन्सी युनिट २४ घण्टा र आइसियु वार्ड ७ दिनको लागि सिल गरिने निर्णय भएकोमा पनि दुबै वार्डमा बिरामी राखि उपचार गराईरहेको देखिएको छ ।

आइसियु वार्डमा कार्यरक्त एक स्वास्थयकर्मीले, आफुहरु पनि बिना कुनै सुरक्षा उपकरणको प्रयोग गरी कोरोना संक्रमणको जोखिमको बिच काम गर्न बाध्य रहेको बताए ।