चुनाव हारे पनि ट्रम्पले शान्तिपूर्ण सत्ता छाडेन

2 years ago

चुनाव हारे पनि ट्रम्पले शान्तिपूर्ण सत्ता छाडेन

नोभेम्बरमा चुनाव हारेपछि पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शान्तिपूर्ण रुपमा सत्ता छाड्न  अस्विकार गरेका छन् ।

डोनल्ड ट्रम्पले  चुनावको नतिजामाथि शंका रहेको बताएको छ । अहिले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै अमेरिकाका थुप्रै राज्यले हुलाकमार्फत् मतदानलाई प्रोत्साहन दिइरहेका छन् ।

अमेरिकाको एक मिडियासँग कुरा गर्दै   डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग चुनाव हार्दा, जित्दा वा समान भएको स्थितीमा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुहुन्छ भन्ने प्रश्नमा उनले म मतपत्रको कुरा सधैं उठाउने गर्छु र यो एउटा समस्या हो भनेका छन ।

पत्रकारले मानिसहरुले हंगामा गरिरहेका छन् त भनेर सोध्दा ट्रम्पले असाध्यै शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेछैन त्यहि सरकार जारी रहनेछ भनेका छन । उनले सन् २०१६ मा  डेमोक्रेटिक उम्मेद्वार हिलेरी क्लिन्टनसँग चुनाव लड्दा पनि नतिजा स्विकार नगर्ने बताएका थिए ।