चुनवा घोषणा गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको भनाई

2 years ago

चुनवा घोषणा गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको भनाई

जनता समाजवादी पार्टी नेपाल जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले चुनवा घोषणा गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने बताउनु भएको छ ।

काठमाडौँको शान्तिबाटिकामा भएको कोण सभामा बोल्दै डा. भट्टराईले इतिहास दोहोरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेको आरोप लगाउनु भयो । उहाँले ओलीले चुनावको घोषणा गरेर सडकबाट टिपेर मन्त्री बनाएको भन्दै उनमा कति दम्भ छ भन्ने प्रमाणित भएको तर्क गर्नुभयो ।

प्रधानमन्त्री र राष्ट्रपति प्रतिगमनमा गएको भनेर तुरुन्तै विरोध गरेको बताउँदै यो असंवैधानिक र अलोकतान्त्रिक भएको उहाँले बताउनु भयो । भट्टराइले ओलीले काम गर्न नसक्ने अनि काम गर्न दिएनन् भनेर भनेको भन्दै सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको बताए ।

डा.भट्टराईले यस कदमको सशक्त विरोध गर्नुपर्ने बताउनु भयो । त्यस्तै जनता समाजवादीका नेता राजेन्द्र महतोले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई प्रतिगमन भएको भन्दै आलोचना गनुृभयो । सातवटा संविधान बनाइए पनि प्रतिगमन भएको उहाँको भनाइृ छ ।

जसपाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्ण रुपमा खारेज गरेको छ ।