चन्द्रागिरीको आईपीओ भर्ने आज अन्तिम दिन

2 years ago

चन्द्रागिरीको आईपीओ भर्ने आज अन्तिम दिन

पुष २४ गतेबाट सर्वसाधारणका लागि  निष्कासन गरेको चन्द्रागिरी हिल्सको आइपीओ भर्ने मिति आज सम्म रहेको छ ।  

सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्तासम्म आवेदन दिन पाउनेछन् निष्काशन भएको सेयर मध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । चन्द्रागिरीको आइपिओमा तोकिएभन्दा अत्यधिक बढी आवेदन परिसकेको छ।