चीनद्धारा डब्ल्यूएचओका विशेषज्ञलाई अनुसन्धानमा रोक

2 years ago

चीनद्धारा डब्ल्यूएचओका विशेषज्ञलाई अनुसन्धानमा रोक

कोरोनाको उद्गमस्थलबारे जाँच गर्नका लागि चीन जाने एक्सपर्ट्सलाई अनुमति नदिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) चीनसँग रुष्ट बनेको छ ।

डब्ल्यूएचओका अनुसार इन्टरनेशनल साइन्टिफिक टीमका मेम्बर्स आ आफ्नो देशबाट वुहान गएका छन् । तर चिनियाँ अधिकारीले अहिलेसम्म उनीहरुलाई इन्ट्री नदिएको बताइएको छ ।

डब्ल्यूएचओका चीफ टेड्रोस अधनोम घेब्रेयेससले यस खबरले आफू निराश रहेको बताएका छन् । उनले सबै आफ्ना मेम्बर्ससँग सम्पर्कमा रहेको र यो मिशन आफ्नो टीमका लागि महत्वपूर्ण रहेको बताउँदै चीनको यो चालले आफू निराश भएको बताएका हुन् ।