चितवनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

2 years ago

चितवनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण चितवन मेडिकल कलेज भरतपुरमा  एक जना पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६२ वर्षीय पुरूषको बिहीबार दिउँसो करिब १२ बजे तिर उपचारको क्रममा  मृत्यु भएको चितवन मेडिकल कलेजले जानकारी गराएको छ। मृतक निमोनिया रोगबाट पीडित थियो । उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ जना  पुगेको छ ।