चाडपर्व लक्षित खाद्य पदार्थ तथा वस्तुको बजार अनुगमन

2 years ago

चाडपर्व लक्षित खाद्य पदार्थ तथा वस्तुको बजार अनुगमन

काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित खाद्य पदार्थ तथा वस्तुको बजार अनुगमन गरेको छ । महानगरको अनुगमन समितिले बिहीबार काठमाडौंको मैतिदेवी क्षेत्रमा खाद्य तथा किराना पसल, मासु  तथा माछा पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा त्यस क्षेत्रका पसलहरुमा अव्यवस्थित रुपमा मासु पसल संचालन गरिएको पाइएको अनुगमनमा खटिएका महानगरको पशुविकास अधिकृत डम्बर बमले बताउनु भयो ।

उहाँले खाद्यन्नहरुको अनुगमनको क्रममा व्यापरीहरुले दर्ता विना संचालन भएको, खाद्य सामाग्रि नापतौल गर्ने यन्त्र तथा ढक, तराजुहरु सरकारले तोकेको गुणस्तर र नियम अनुसार नभएको पाइएको पनि बताउनु भयो ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका, अखाद्य वस्तु तथा लेवलिङ नभएका खाद्यवस्तु र मासुजन्य खाद्यवस्तुहरु जफत गरी नष्ट गरीने पनि बमले बताउनु भयो । चाडपर्व शुरु भएसँगै बजारमा महंगी, कालोबजारी बढ्न सक्ने भन्दै महानगरले काठमाडौंको विभिन्न क्षेत्रमा अनुगमन शुरु गरेको महानगरले जनाएको छ ।