चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने

2 years ago

चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने

भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको छ ।

महाँकाल त्रिुशलडाँडा उपभोक्ता विकास संस्थाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाँकाल त्रिशुलडाँडा परिसर चाँगुनायारण ५ मा १०० फिट अग्लो त्रिशुल तथा ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापनाको शिल्यानाशको घोषणा गरिएको हो ।

उक्त त्रिशुल निर्माणको अनुमानित लागत ४ करोड ४२ लाख ११ हजार ९१३ रहेको आयोजकले जनाएको छ । भित्रि भागमा फलाम र बाहिरी भागमा तामाको धातुले निर्माण हुन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जनासम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने बताइएको छ ।

मुलकोटगढीमा विश्वकै अग्लो त्रिशुल बाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मुलकोटगढी द्धार, सत्तल, त्रिशुलडाँडादेखि साँखुसम्म जोड्ने सिडीमार्ग लगायत निर्माण गर्ने गुरुयोजना समेत रहेको छ ।

त्रिशुलको करिब ९ महिनामा निर्माण सम्पन्न हुने बताइएको छ । पत्रकार सम्मेलनमा कांग्रेस नेता बिमलेन्द्र निधिले त्रिशुल स्थापना गर्नु ठूलो काम भएको भन्दै सबैको सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।