खसि बोका तथा च्याङ्ग्राको बिक्रि बितरणको अवस्थाबारे खसीबजार अनुगमन

2 years ago

खसि बोका तथा च्याङ्ग्राको बिक्रि बितरणको अवस्थाबारे खसीबजार अनुगमन

काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले खसि बोका तथा च्याङ्ग्राको बिक्रि बितरणको अवस्थाबारे स्थागत अनुगमन गरेको छ ।

शनिबार बिहानै अनुगमन टोलीले काठमाडौंको खसिबजार लगाएतका बिभिन्न स्थानमा पुगी आम सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वस्थकर खसि बोका तथा च्याङ्ग्राको बिक्रि बितरण भए नभएको अनुगमन गरेको हो ।

दशैँका बेला अस्वस्थ्य खसि बोका तथा च्याङ्ग्राको बिक्रि बितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमन गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाका पशु सेवा महाशाखा प्रमुख डा अवधेश झाले स्वस्थकर खसि बोका तथा च्याङ्ग्रा बितरण भए नभएकोबारे अनुगमन गरिएको जानकारी दिनुभयो ।

उहाँले बिक्रि गर्न लागिएका खसि बोका तथा च्याङ्ग्राको अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने बताउनुभयो । स्वस्थ देखिएकालाई हरियो स्टीकर लगाएर बिक्रि बितरण गर्नुपर्ने र अस्वस्थ देखिएकालाई रातो रंंग लगाएर बिक्रिबितरण गर्न नहुने उहाँले जानकारी दिनुभयो ।

आम उपभोक्तलाई ठगि गरेर अस्वस्थकर खसि बोका तथा च्याङ्ग्रा अथवा मासूको बिक्रिबितरण गरिए कडा कारवाही हुने महानगरले जनाएको छ ।