केही हप्ताभित्र कोरोना भाईरस विरुद्धको खोप तयार हुने

2 years ago

केही हप्ताभित्र कोरोना भाईरस विरुद्धको खोप तयार हुने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही हप्ताभित्र आमरूपमा कोरोना विरुद्धको खोप   तयार हुने दाबी गरेका छन् । सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले सन् २०२१ को मध्य सम्ममा आमनागरिकका लागि  खोप उपलब्ध हुनसक्ने बताएका छन् ।

यो खोप नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले बताएका छन । तर त्यो समयमा सीमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका छन  ।