कुवेतमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

2 years ago

कुवेतमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

विश्वव्यापी रुपमा फैलिएको  कोरोना भाइरस विरुद्धको खोप कुवेतमा आजदेखी लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य मन्त्री सबाहका अनुसार कुवेतको मिसिलास्थित एक्जिबिशन हलको हलको  ५ नम्बरबाट कोरोना विरूद्धको भ्याक्सिन खोप लगाउन शुरु हुने बताएको छ । पहिलो चरणमा  वृद्धवृद्धा र समस्या हेरेर  खोप लगाइने छ भने  १६ वर्षभन्दा कम उमेरको  व्यक्तिलाई यो खोप नलगाउने बताएको छ । यो खोप एक वर्षभरी एक-एक महिनाको अवधिमा  देशको  सबै नागरिकलाई लगाउने बताएको छ ।

हालसम्म कोरोन खोप लगाउन ७३ हजार भन्दाबढीले नाम दर्ता गरिएका छन् ।