क्रिसमस मनाउदाँ अनिवार्य मास्क लगाउन डब्लुएचओको आग्रह

2 years ago

क्रिसमस मनाउदाँ अनिवार्य मास्क लगाउन डब्लुएचओको आग्रह

क्रिसमस मनाउदाँ  अनिवार्य मास्क लगाउन  विश्व स्वास्थ्य संगठनले सबैलाई आग्रह गरेको छ । कोरोना महामारी अझै भएकाले  हेलचक्रयाइँ गर्दा जोखिम बढ्न सक्ने भएकोले मास्क लगाउन सबैलाई आग्रह गरिएको छ ।

“हामीले महामारी थप नफैलिँदै ख्याल गरियो र उच्च सावधानी अपनाइयो भने त्यसलाई व्यवस्थापन गर्न सकिन्छ, नत्र ठूलो क्षति हुने र व्यवस्थापन गर्न गाह्रो हुने खतरा हुन्छ”, संगठनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

हरेक व्यक्तिले  सतर्कता अपनाईयो भने समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले सबैले सावधानी अपनाउनु पर्नेमा संगठनले जोड दिएको छ ।