कोरोना माहामारीको कारण बेलायतको आर्थिक अवस्था गिरावट

2 years ago

कोरोना माहामारीको कारण बेलायतको आर्थिक अवस्था  गिरावट

कोरोना  संक्रमण र लकडाउनले गर्दा बेलायतको आर्थिक अवस्थामा  गिरावट आएको छ ।

बेलायतको अर्थतन्त्रमा जनवरी र  मार्चको भन्दा अप्रिल र जून मा गिरावट आएको देखिएको छ । बेलायतको अर्थतन्त्रमा  अप्रिल–जूनमा २०.४ प्रतिशतले गिरावट आएको छ। लकडाउनको कारण व्यापार व्यवसाय घटेपछि  र कारखाना, उत्पादन र निर्माणमा पनि गिरावट आएको छ । बेलायत अहिले २००९ पछि  पहिलो पटक आर्थिक मन्दीको शिकार बनेको छ ।

बेलायतको अर्थतन्त्रको  बढी असर सबै भन्दा बढी त्यहाँका अस्पताल क्षेत्रमा परेको जनाइएको छ।