कोरोना भाईरसका कारण आज थप एक जनाको मृत्यु मृतकको सङ्ख्या ४४ पुग्यो

2 years ago

कोरोना भाईरसका कारण आज थप एक जनाको मृत्यु मृतकको सङ्ख्या ४४ पुग्यो

कोरोना भाईरसका कारण आज बिहान  थप एक जनाको मृत्यु भएका छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ की ८५ वर्षीय बृद्धामा कोरोना संक्रमण पुष्टि हो। उनको वीरगञ्जको कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार बिहान करिब ११ बजे मृत्यु भएको हो। उनको  वीरगञ्जस्थित एडभान्स मेडिकेयर अस्पतालमा उपचार भइरहेको थियो।

उनी मुटु रोगले ग्रसित भएकी थिइन् तर फोक्सोमा समस्या आएपछि उनलाई नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा रिफर गरिएको थियो। सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिए। मृतकमा कोरोना संक्रमण भएको पनि डा. सिंहले नै पुष्टि गरिएको थियो  ।

एडभान्स मेडिकेयर अस्पतालमा उपचार भइरहेकोमा श्वास प्रश्वासमा समस्या आएपछि कोरोना अस्पतालमा रेफर गरिएको र पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।