कोरोना भाइरस विरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

2 years ago

कोरोना भाइरस विरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

ब्राजिलले कोरोना भाइरस विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ ।

४ करोड ६० लाख डोज कोरोना खोपको लागि सम्झौता पनि भइसकेको छ । डोरियाका अनुसार सन् २०२१ को ब्राजिलमा जनवरीसम्ममा खोप कार्यक्रम सुरु हुनेछ । अहिलेसम्म ब्राजिलमा ५३ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

साथै मृत्यु हुनेको संख्या पनि एक लाख ५५ हजारको आसपास पुगेको छ । ब्राजिलले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको कोरोनाविरुद्धको खोपलाई पनि यो अभियानमा समावेश गर्ने योजना भएको छ ।

 इन्स्टिच्युटले सोमबार, प्रारम्भिक नतिजाअनुसार तेस्रो चरणको क्लिनिकल परीक्षणमा यो खोप सुरक्षित पाइएको बताएको थियो । यो खोपको परीक्षण अहिले टर्की र इन्डोनेसियामा पनि भइरहेको छ ।