कोरोना पिडित संघर्ष समितिद्धारा लगनखेलमा कोणसभा

2 years ago

कोरोना पिडित संघर्ष समितिद्धारा लगनखेलमा कोणसभा

भाडावाला समाज, ट्याक्सि चालक लगाएत विभिन्न १० संघ तथा संस्थाहरुले लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली खानेपानी र ईन्टरनेटको महशुल मिनाह गर्नुपर्ने लगाएतको माग राख्दै ललितपुरमा कोणसभा गरेको छ ।

कोरोना पिडित संघर्ष समिति नै बनाएर भाडावाला सरोकार समाज नेपाल, नेपाल होस्टेल एशोएिसन, स्वास्थ्य विज्ञान व्यवसायी महासंघ, मझौला व्यापार व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ लगाएतले बिभिन्न माग अघि सार्दै शुक्रबार ललितपुरको लगनखेलमा कोणसभा गरेका हुन् । त्यसअघि उनीहरुले बिधुत महशुलमा छुट दिनुपर्ने भन्दै लगनखेलस्थीत बिधुत प्राधिकरणको कार्यालयका धर्ना दिएका थिए ।

किसानलाई समयमै मल, बिउविजन उपलब्ध गराउन, वैज्ञानिक भाडादार कायम गर्न र भाडावाला आयोग गठन गर्न र बैंक तथा विक्तिय संस्थाको ब्याज मिनाहा गर्न पनि माग गर्दै विरोधका कार्यक्रमलाई निरन्रता दिइएको  भाडावाला सरोकार समाज नेपालका अध्यक्ष विष्णुजंग बस्नेतले बताउनुभयो ।

कोरोनाका कारण लामोसमय लकडाउन भएको र अवस्थामा अझैपनि सामान्य नभइसकेको अवस्थामा आफुहरु निकै मर्कामा परेकाले दवावमुलक कार्यक्रम गर्नुपरेको उनीहरुको भनाई छ ।