कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो भएको नेपाल मेडिकल काउन्सीलका रजिष्टार कृष्ण प्रसाद अधिकारीको भनाई

2 years ago

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो भएको नेपाल मेडिकल काउन्सीलका रजिष्टार कृष्ण प्रसाद अधिकारीको भनाई

नेपाल मेडिकल काउन्सीलका रजिष्टार कृष्ण प्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो भएको बताउनु भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमिति बैठकमा उहाँले कोरोनाका लागि सरकारले धेरै काम गरेपनि व्यवस्थापन गर्न भने चूकेको बताउनु भयो ।

अधिकारीले अहिले उपत्यकाका अस्पतालमा कोरोना उपचारका लागि बेडको कोटा छुट्टाउनु उचित नभएको तर्क गर्नुभयो । उहाले उपत्यकामा कोरोना उपचार गर्ने अस्पताल छुट्टै र अन्य उपचारका लागि छुट्टै अस्पताल तय गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

अधिकारीले कोरोना उपचारका लागि स्वास्थ्य मन्त्रीलाई विभिन्न सुझाव दिएपनि कार्यान्वयन नभएको भन्दै अनावश्यक तर्कमा सरकार अल्झेको आरोप लगाउनुभयो ।