कोरोनाको कारण टोयोटामा ९८ प्रतिशत घाटा

2 years ago

कोरोनाको कारण टोयोटामा ९८ प्रतिशत घाटा

कोरोना महामारी रोक्नका लागि लगाइएको बन्दाबन्दीले अटोमोबाइल कम्पनीको आर्थिक अवस्थालाई गहिरो प्रभाव पारेको छ।

टोयोटा मोटर कर्पोरेसनको विश्वव्यापी बिक्री महामारीको कारण आधा मात्र भएको जनाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार टोयोटाको नाफा वर्षको पहिलो त्रैमासिकमा ९८ प्रतिशतले घटेको छ। २०११ पछि यो कम्पनीको सबैभन्दा खराब प्रदर्शन हो। टोयोटाको ब्यालेन्स शीट तथ्या्कले विश्वभरि अटोमोबाइल क्षेत्रको बिग्रिएको अवस्थालाई चित्रण गरेको छ ।