किर्गिजस्तानमा अधिकारीहरुले डिसेम्बरमा संसदीय निर्वाचन गर्ने

2 years ago

किर्गिजस्तानमा अधिकारीहरुले डिसेम्बरमा संसदीय निर्वाचन गर्ने

किर्गिजस्तानका अधिकारीहरुले आगामी डिसेम्बरमा संसदीय निर्वाचन गर्नेगरी नयाँ मिति सार्वजनिक गरेको छ ।

गएको अक्टोबर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिका समर्थक दलले एकपक्षीय रुपमा विजय हासिल गरेको थियो । तर उक्त निर्वाचनमा धाँधली भएको भन्दै राष्ट्रपति विरुद्ध जनताले विरोध प्रदर्शन गरेका थिए । विरोधका कार्यक्रम बढ्दै गएपछि राष्ट्रपति सूरोनबाई जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिनु भएको छ ।

बुधबार केन्द्रीय निर्वाचन आयोगले संसदको आगामी निर्वाचन डिसेम्बर २० मा गर्ने गरी तोकेको छ । राष्ट्रपतिको निर्वाचन भने आगामी जनवरीमा हुन सक्नेछ । चीनसँग सीमा जोडिएको मध्य एसियाई राष्ट्र किर्गिजस्तानमा विगत १५ वर्षको अवधिमा तीन पटक सत्ता विद्रोह भइसकेको छ । यसअघि सन् २००५ र २०१० मा सत्ता विद्रोह भइसकेको छ ।