क्याप्टेन विजय लामासँगै अर्को एक जना क्याप्टेनमा कोराना संक्रमण पुष्टि

2 years ago

क्याप्टेन विजय लामासँगै अर्को एक जना क्याप्टेनमा कोराना संक्रमण पुष्टि

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा र अर्को एक जना क्याप्टेनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनको आइतबार स्वाब संकलन गरिएको थियो । आइतबार नै उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी गराएका छन ।

अहिले दुबै जनालाई  सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।