क्याटरिङ्ग तथा पार्टिप्यालेस तत्काल सञ्चालन अनुमति दिन आग्रह

2 years ago

क्याटरिङ्ग तथा पार्टिप्यालेस तत्काल सञ्चालन अनुमति दिन आग्रह

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघले क्याटरिङ्ग तथा पार्टिप्यालेस संचालनमा रोक लगाउनु खेदपूर्ण भएको भन्दै तत्काल सञ्चालन अनुमति दिन सरकारसमक्ष आग्रह गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले आफूहरुको व्यवसाय सञ्चालन गर्न रोक लगाईएकोमा पूर्ण खेद जनाएको छ । कार्यक्रममा महासंघका अध्यक्ष लिलाबहादुर जिसीले व्यवसाय व्यवसायीको लागि मात्रै नभएर राज्यको लागि भएको उल्लेख गर्दै यथाश्यक चाँडो पार्टी प्यालेस तथा क्याटरिङ खुलाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले आफूहरुको व्यवसायजस्तै समान प्रकृतिका व्यवसाय सञ्चालन भैरहेको अवस्थामा  पार्टी प्यालेस चाहीँ बन्द गरिनु दुःखद् पक्ष भएको टिप्पणी गर्नुभयो ।

व्यवसायीका बिषयमा सरकार र सरोकारवाला निकायले गम्भिरता नदेखाउदा सिंगो अर्थतन्त्र र वेरोजगारीको समस्या मुलुकले झेलिरहेको र व्यवसायी पलायन भइ वैंक तथा वित्तिय संस्थाहरु समेत डुब्ने स्थिती रहेको उहाँको भनाई छ ।

महासंघले आफूहरु आम जनताको स्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै अब व्यवसाय सञ्चालन गर्दा आवश्यक भौतिक दूरी कायम गर्ने, स्यानिटाईजर प्रयोग गर्ने, मास्क र ग्लभ्स प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, पार्टी प्यालेसहरुका हलको क्षमताको आधारमा हाललाई ३५ प्रतिशत नबढ्ने गरी कार्यक्रम स्थलका प्रवेश गराई व्यवसाय संचालन गर्न पनि आफूहरु तयार रहेको महासंघले स्पष्ट पारेको छ ।