कोभिड १९ को पीसीआर परीक्षण शुल्क ४ हजार ४ सयभन्दा बढी लिन नपाउने सरकारको निर्णय

2 years ago

कोभिड १९ को पीसीआर परीक्षण शुल्क ४ हजार ४ सयभन्दा बढी लिन नपाउने सरकारको निर्णय

सरकारले कोरोना भाइरस कोभिड १९ को पीसीआर परीक्षणबापत ४ हजार ४ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको छ ।

कोरोनाको सशुल्क परीक्षण गर्ने अनुमति पाएका ल्याबहरूले सेवा शुल्कसहित अधिकतम ४,४०० रुपैयाँ मात्र लिन पाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ ।

आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कको रुपमा थप ४०० रुपैयाँ लिन पाउने उहाँले बताउनुभयो ।

यसअघि मन्त्रालयले पीसीआर टेष्टको शुल्क ५५०० रुपैयाँ थियो । तर कतिपय निजी अस्पतालले त्या भन्दा बढी रकम समेत लिने गरेको गुनासो आएपछि सरकारले पीसीआर परीक्षणको शुल्क तय गरेको हो ।