कपिलवस्तुमा थप ३४ जनामा कोरोना संक्रमण पृष्टि

2 years ago

कपिलवस्तुमा थप ३४ जनामा कोरोना संक्रमण पृष्टि

कपिलवस्तुमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितहरुमा १३ जना भारतबाट, ४ जना दुबइ, २ जना साउदी, ३ जना कतारबाट आएका र अन्य स्थानीय रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ जना पुगेका छन् । संक्रमितहरु शिवराज नगरपालिकाका २८ जना पुरुष र ६ जना महिला रहेका छन् ।

उनीहरुको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमाको क्रममा कोरोना पुष्टि भएको हो ।