कपिलवस्तुको पिपरा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

2 years ago

कपिलवस्तुको पिपरा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

कपिलवस्तुको पिपरा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ ।

काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलमानको पहलमा कतार च्यारिटिको आर्थिक सहयोगमा पिपरा अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरिएको हो । अस्पताललाई ११ लाख बढिको उपकरण हस्तान्त्रण गरिएको हो ।

युएस जि मेसिन, हस्पीटल बेड, पेसेन्ट ट्रली, ह्वील चीयर लगायतका उपकरणहरु अस्पताललाई हस्तान्त्रण गरिएको हो ।

सो अवसरमा स्वास्थ्य उपकरण प्रदान गर्न लागी पहल गरेको भन्दै बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डांगी लगाएतले स्वास्थ्य उपकरणबाट अस्पतालको स्वास्थ्य सेवा विस्तार हुने बताएका थिए ।