कान्ति बाल अस्पताललाई पिसिआर मेसिन प्रदान

2 years ago

कान्ति बाल अस्पताललाई पिसिआर मेसिन प्रदान

काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोरोना परिक्षणका लागि पिसिआर मेसिन प्रदान गरेको छ ।

सोमबार महानगरले अस्पतालका निर्देशक डा‍. कृष्ण प्रसाद पौडेललाई उक्त मेसिन हस्तान्तरण गरेको हो । चीनको नानजिङ सहरले दिएको उक्त मेसिन अस्पताललाई हस्तान्तरण गरिएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि बिभिन्न संस्था र राष्ट्रबाट प्राप्त मेसिन सरकारी अस्पतालहरुलाई प्रदान गर्ने महानगरको योजना अनुसार नै उक्त मेसिन बाल अस्पताललाई प्रदान गरिएको उहाँले बताउनुभयो । शाक्यले छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह पनि गर्नुभयो ।

मेसिन हस्तान्तरण कार्यक्रममा अस्पतालका निर्देशक डा. पौडेलले पिसिआर मेसिन अहिलेको अवस्थामा निकै महत्वपूर्ण रहेको भन्दै बिभिन्न रोगको अध्ययनमा पनि पिसिआर मेसिन प्रयोगमा ल्याइने बताउनुभयो । उहाँले छिटै अस्प्तालमा अक्सिजन प्लान्टको सुरुवात गर्ने जानकारी दिनुभयो ।

उहाँले कान्ति अस्पतालममा हालसम्म ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको र दुई जनाको ज्यान गएको जानकारी दिनुभयो ।