कतारको सबै व्यक्तिलाई कोरोना भ्याक्सिन निःशुल्क उपलब्ध गराउने

2 years ago

कतारको सबै व्यक्तिलाई कोरोना भ्याक्सिन निःशुल्क उपलब्ध गराउने

विश्वव्यापी रुपमा फैलिएको कोरोना विरुद्धको  भ्याक्सिन कतारले आफ्नो देशमा रहेका सबै व्यक्तिलाई  निःशुल्क उपलब्ध गराउने भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका खोप प्रमुख डा. सोहा अल बायतका अनुसार हेल्थ कार्ड नभएकाहरुलाई पनि तोकिएको हेल्थ सेन्टरहरूमा गई भ्याक्सिन लगाउनका लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरेका छन् । 

कोरोना विरुद्धको खोप कतार विश्वविद्यालय स्वास्थ्य केन्द्र, अल वाब स्वास्थ्य केन्द्र, अल खोर स्वास्थ्य केन्द्र, अल वाजबा स्वास्थ्य केन्द्र, लेबाब स्वास्थ्य केन्द्र, अल रूवाईस स्वास्थ्य केन्द्रमा उपलब्ध तथा मुइथर स्वास्थ्य केन्द्रहरूबाट खोप लिन सकिने बताएको छ ।

नाम दर्ता गराएका व्यक्तिहरुलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिने भएको छ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचीत गरिने भएको छ । कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोरोना विरूद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराईसक्ने बताएको छ ।